२३ आषाढ २०८२, सोमबार

नक्कली प्रहरी बनेर अपहरण र डकैती गर्ने दुई युवा पक्राउ

Logo
आजको अपडेट सोमबार, आषाढ १६, २०८२

विराटनगर । हामी प्रहरी हौँ भनेर आत्मीयता जगाउनेका साथै अपहरण र डकैतीमा संलग्न भएको खुलासा भएको छ । मोरङ प्रहरीले आइतबार समीर हुसेन र आशिव अन्सारीलाई अपहरण र डकैतीको आराेपमा पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको हो ।

ती दुईसहित तीन जनाको समूहले असार ११ गते बिहान २० वर्षीय विक्रमकुमार साह तेलीलाई अपहरण गरी लाखौँ रकम लुटेको प्रहरीले जनाएको छ  । अपहरणकारीहरूले आफूलाई “जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी“ भन्दै पीडित विक्रमलाई स्कुटरमा राखेर विराटनगर–१३ को महतो टोलबाट अपहरण गरेका थिए ।

पीडित विक्रमकुमारले आफ्ना भिनाजु धर्मानन्द साहद्वारा दिइएको ३ लाख ६४ हजार रुपैयाँ लिएर बैङ्क जान लागेको पैसा लुटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो । प्रहरी प्रवक्ता डिएसपी कोपिला चुँडालका अनुसार, लुटपाटपछि विक्रमलाई एकान्त स्थानमा छाडिएको थियो ।

घटनामा प्रयोग गरिएको स्कुटर (को १४ प ३३३०) प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार एक अभियुक्तको खोजी तीव्र पारिएको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300