२१ जेठ २०८३, बिहिबार

दुहबीमा १५ सैया अस्पतालको गृहप्रवेश पुजा गरी आजदेखी सेवा सुरु

Logo
आजको अपडेट आइतबार, साउन ०५, २०८२

विराटनगर । दुहबी नगरपालिकाले स्थापना गरेको नगर स्तरीय आधारभूत अस्पताल आजदेखि सेवा प्रवाहमा आएको छ।

दुहबी ११ मा करिब ३ बर्ष लगाएर ३ बिगाह क्षेत्रफलमा सुबिधा सम्पन्न अस्पताल करिब १६ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको १५ सैय्याको आधुनिक अस्पताल आइतबार देखि नगरबासीका लागि पूर्ण रूपमा सञ्चालनमा ल्याइएको हो।

नगर प्रमुख वेद नारायण गच्छादारले आइतबार धार्मिक विधिअनुसार गृहप्रवेश पूजा गरेर अस्पताल औपचारिक रूपमा संचालनमा ल्याएका हुन्। आधुनिक सुविधासम्पन्न अस्पतालले अबदेखि आपतकालीन सेवा, मिनी अपरेसन थियेटर, पोस्टमार्टम कक्ष, चिकित्सक आवास, क्यान्टिन लगायतका सेवा दिन सुरु गरेको छ।

मेयर गच्छादारले भने, “नेतृत्वसँग सपना हुनुपर्छ, विकासप्रति हुटहुटी र छटपटी हुनुपर्छ। तभी मात्रै असल परिवर्तन सम्भव हुन्छ।

कोभिड महामारीको बेला नै गच्छादारले दुहबी–८ मा रहेको एक बन्द फ्याक्ट्रीमा विभिन्न दातासँगको सहकार्यमा अस्थायी अस्पताल सञ्चालन गरेर देखाएको नेतृत्व आज स्थायी पूर्वाधारमा परिणत भएको छ। उक्त समयदेखि उनले अघि सारेको ‘नगर प्रमुख स्वास्थ्य बिमा कार्यक्रम’ अन्तर्गत विपन्न, दलित, सुकुम्बासी वर्गका लागि स्वास्थ्य बिमा शुल्कसमेत नगरपालिका आफैंले तिरेर सेवा उपलब्ध गराउँदै आएको थियो।

नयाँ अस्पताल निर्माणपछि नगरका ६४ हजार जनसंख्याले सामान्य चेकजाँचदेखि आकस्मिक उपचारसम्मको सुविधा आफ्नै नगरभित्रै पाउने भएका छन्। यसअघि सानो उपचारका लागि समेत बिराटनगर जानुपर्ने बाध्यता अन्त्य भएको छ।

मेयर गच्छादार पहिलो कार्यकालदेखि नै स्वास्थ्य, शिक्षा, पूर्वाधार, सडक, खानेपानी, आर्थिक आत्मनिर्भरता र स्वरोजगारजस्ता क्षेत्रमा ठोस उपलब्धि हासिल गरिरहेका छन्। हाल साप्ताहिक हाट बजार, रंगशाला, कोल्ड स्टोर, फोहोर प्रशोधन केन्द्र, शपिङ कम्प्लेक्स, एग्रो प्रोसेसिङ सेन्टरजस्ता परियोजनाहरू अन्तिम चरणमा छन्।

त्यस्तै १२ वटै वडामा स्वास्थ्य चौकी, बर्थिङ सेन्टर, निःशुल्क आँखाको शल्यक्रिया, अपाङ्ग आत्मनिर्भर कार्यक्रम, लघु उद्यमशिलता, सामूहिक कृषि, बंगुर पालन, तरकारी र च्याउ खेतीजस्ता कार्यक्रम सफलतापूर्वक सञ्चालनमा छन्।

गच्छादारको दुरदृष्टि, कार्यदक्षता र अटल संकल्पले दुहबीलाई मात्र नभई सिङ्गो सुनसरी जिल्लामै परिवर्तनशील नेतृत्वको उदाहरणका रूपमा प्रस्तुत गरेको छ। नगरबासीको अनुहारमा देखिएको उत्साह र सन्तुष्टि नै यसको प्रमाण हो।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300