२१ जेठ २०८३, बिहिबार

अर्किड कलेजमा भर्ना भएका ९६४ विद्यार्थीलाई स्वागत, अभिमुखिकरण कार्यक्रम सम्पन्न

Logo
आजको अपडेट शुक्रबार, साउन १०, २०८२

विराटनगर — विराटनगरस्थित अर्किड कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका ९६४ जना विद्यार्थीलाई स्वागत गर्दै अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा विज्ञान संकायतर्फ ४४७ र व्यवस्थापन तथा होटल व्यवस्थापन संकायमा ५१७ जना विद्यार्थीले भर्ना लिएका छन् । कलेजले नयाँ शैक्षिक यात्रा सुरु गर्न लागेका विद्यार्थीलाई प्रेरणा, जानकारी र सम्मान दिने उद्देश्यले भव्य समारोहको आयोजना गरेको हो ।

कार्यक्रममा कलेजका प्रमुख सीएम श्रेष्ठले दक्ष जनशक्ति निर्माण कलेजको प्राथमिकता रहेको बताए । उनले विद्यार्थीको सर्वाङ्गिण विकासका लागि गुणस्तरीय शिक्षण र व्यवहारिक सिकाइमा जोड दिइने स्पष्ट पारे ।

कलेज प्रवेश परीक्षामा उत्कृष्ट नतिजा ल्याउने दुई विद्यार्थी र कक्षा ११ मा उत्कृष्ट १० मा पर्ने विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

समारोहका प्रमुख अतिथि तथा मोरङ जिल्ला समन्वय इकाइका प्रमुख जीवन गड्तौलाले व्यवहारिक र प्रविधिमैत्री शिक्षा प्रणालीमा रूपान्तरणको खाँचो औंल्याए । शिक्षाको मूल्य प्रमाणपत्रमा मात्र सीमित नरहने भन्दै व्यवहारिक सीपको विकासमा जोड दिनुपर्ने धारणा राखे ।

कलेजका अध्यक्ष अमित ढकालले शिक्षणको साथसाथै नेतृत्व विकास, व्यवहारिक ज्ञान र सिर्जनशीलतालाई कलेजले प्राथमिकता दिएको जानकारी गराए ।

निर्देशक दीपेश बास्तोलाले विद्यार्थी र अभिभावकप्रति धन्यवाद ज्ञापन गर्दै अनुशासन, आत्मविश्वास र सामाजिक जिम्मेवारी सिकाउने उद्देश्य कलेजको रहेको उल्लेख गरे ।

कार्यक्रममा विद्यार्थीले प्रस्तुत गरेका सांस्कृतिक नृत्य र कला प्रदर्शनीले माहोल उत्साहपूर्ण बनाएको थियो। शिक्षकमण्डल, प्रशासन र विद्यार्थीको सक्रिय उपस्थितिले कार्यक्रमलाई भव्य बनाएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300