२१ जेठ २०८३, बिहिबार

नागपञ्चमीको अवसरमा घरघरमा नागको पूजा, मुख्यद्वारमा नागको चित्र टाँस्ने परम्परा

Logo
आजको अपडेट मंगलबार, साउन १४, २०८२

विराटनगर । आज साउन शुक्ल पञ्चमीको दिन देशभर नागपञ्चमी पर्व श्रद्धाका साथ मनाइँदैछ । हरेक वर्ष यो दिन नाग–सर्पको पूजा गरी घरको मूलढोकामा नागको चित्र टाँस्ने परम्परा रहिआएको छ । धार्मिक मान्यताअनुसार यसरी नागको पूजा गर्दा वर्षभर सर्प, बिच्छी र अन्य घिस्रने जीवबाट बच्न सकिने विश्वास गरिएको छ। साथै, चट्याङ, आगलागी र प्राकृतिक आपत्‌बाट पनि जोगिन सकिने जनविश्वास छ ।

वैदिक धर्मशास्त्र अनुसार सर्पलाई नागराजको रुपमा मानिन्छ । मान्यता छ—नाग रिसाएमा वर्षा नहुने र पानीको संकट हुने भएकाले नागलाई प्रसन्न बनाउन पूजाआजा गरिन्छ । बराहपुराणमा उल्लेख भएअनुसार साउन शुक्ल पञ्चमीका दिन नागराज र ब्रह्माबीच संवाद भएको जनाइएको छ, त्यसैले पनि यो दिन नागपूजाको लागि विशेष मानिन्छ ।

शास्त्रमा उल्लेखित बाह्र नाम भएका नागमध्ये आजको दिन आठ प्रमुख नागको पूजा गरिन्छ। ती हुन्—अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख । यिनको ब्राह्मण पुरोहितमार्फत विधिपूर्वक पूजा गरी नागको चित्र घरको ढोकामाथि टाँस्ने परम्परा छ ।

नागपञ्चमीका दिन हलो जोत्न, खनजोत गर्न निषेध गरिएको हुन्छ। यस दिन नाग वा अन्य घिस्रने जनावरलाई मार्नु पाप मानिन्छ ।

देशभरका नागपोखरी, नागदह, कुण्ड र तीर्थस्थलहरूमा आज विशेष पूजाआजा भइरहेको छ । काठमाडौंको नागपोखरी, टौदह र भक्तपुरको सिद्धपोखरीमा समेत श्रद्धालुहरूले गाईको दूध, दुबो, अक्षता, खीर, रोटी जस्ता सामग्री अर्पण गरी नागको पूजा गर्ने चलन छ ।

वैज्ञानिक दृष्टिकोणले पनि सर्प जातिलाई महत्वपूर्ण मानिन्छ, किनकि तिनले वातावरणमा हुने विषालु तत्वलाई सोस्ने र मानवजातिलाई त्यसको प्रत्यक्ष असरबाट जोगाउने काम गर्छन् । यही कारण ऋषिमुनिहरूले नागलाई सम्मान गर्दै पूजा गर्ने परम्परा स्थापना गरेका हुन् । नागपञ्चमीपछि हिन्दू समाजमा चाडपर्वको सिजन सुरु हुने विश्वास पनि रहिआएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300