२१ जेठ २०८३, बिहिबार

कोशी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

Logo
आजको अपडेट शनिबार, साउन १८, २०८२

विराटनगर । कोशी प्रदेशका एक–दुई स्थानमा आज भीषण वर्षा हुने सम्भावना रहेको छ । हालसम्म पनि प्रदेशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा जारी छ भने दिउँसो र राति चट्याङसहितको मध्यमदेखि भारी वर्षा थप हुन सक्ने देखिएको छ ।

वर्षासँगै बाढी, पहिरो र चट्याङको जोखिम बढ्ने भएकाले स्थानीय बासिन्दालाई सतर्क रहन मौसमविद्हरुले ले सुझाव दिएका छन् ।

🔹 दिउँसो: कोशी प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना
🔹 राति: धेरैजसो ठाउँमा पानी पर्ने देखिएको, केही क्षेत्रमा ठूलो पानीको जोखिम
🔹 हाल: मनसुनी प्रणालीको प्रभाव देशभर फैलिएको छ, कोशी प्रदेशमा विशेष सक्रिय

गत रात पनि मधेश, बागमती र सुदूरपश्चिमका केही स्थानमा मध्यम खालको वर्षा भएको थियो, तर मधेशका खेतीयोग्य भूभागमा सिँचाइ पुग्ने मात्रामा पानी नपरेको बताइएको छ ।

विगतका दिनहरूमा सुक्खा महसुस गरिएको कोशी प्रदेशमा अब भने पर्याप्त वर्षाको सम्भावना देखिएपछि खेतीपाती र सिँचाइका कार्यमा सहजता आउन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300