२१ जेठ २०८३, बिहिबार

कक्षा १२ काे नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत उत्तीर्ण

Logo
आजको अपडेट सोमबार, साउन २०, २०८२

विराटनगर, साउन १९ । राष्ट्रिय परीक्षा बाेर्डले कक्षा १२ काे नतिजा सार्वजनिक गरेकाे छ । बाेर्डकाे केहीबेरअघि सकिएकाे बैठकले नतिजा सार्वजनिक गरेकाे हाे ।

बाेर्डका अनुसार कक्षा १२ काे परीक्षामा ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस्तै ३८ दशमलव ८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यसैबीच कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आउँदाे भदौ २८ र २९ गते हुने बाेर्डले जनाएकाे छ ।

वैशाख १४ गतेदेखि शुरू भएर २६ गते सकिएकाे परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ छात्र गरी तीन लाख ९० हजार आठ सय ४७ जना परीक्षार्थी सहभागी थिए ।

परीक्षाकाे नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट हेर्न सकिन्छ । यसैगरी NEB Symbol No. टाइप गरी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर नतिजा प्राप्त गर्न सकिन्छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300