२१ जेठ २०८३, बिहिबार

गुडिरहेको ट्रकमा ढुङ्गा खस्दा तीन जना घाइते

Logo
आजको अपडेट बिहिबार, साउन ३०, २०८२

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै गुडिरहेको ट्रकमा ढुङ्गा खस्दा तीन जना घाइते भएका छन्।

बिहीबार दिउँसो २ बजेको समयमा भारतीय नम्बरको ट्रकमाथि ढुङ्गा खस्दा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिनुभयो । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

ढुङ्गा खस्दा ट्रकमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । भारतीय केए ४३६८५६ नम्बरको ट्रकमा ढुङ्गा खसेको हो ।

तुइन खोलाको पहाडबाट यस अगाडि पनि दर्जन पटक ढुङ्गा खसेको छ। पहाड काटेर बाटो फराकिलो बनाएपछि ढुङ्गा खस्ने समस्या आएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300