२१ जेठ २०८३, बिहिबार

प्रचण्डद्वारा मानसिक स्वास्थ्य रोगीलाई २ लाख सहयोग

Logo
आजको अपडेट बुधबार, भाद्र ०४, २०८२

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानसिक स्वास्थ्य समस्याबाट उपचाररत खुम बहादुर बिकलाई आर्थिक सहयोग गर्नुभएको छ।

माओवादी केन्द्र म्याग्दी–काठमाडौं सम्पर्क मञ्चको संयोजनमा अध्यक्ष प्रचण्ड बुधबार ललितपुरको एकान्तकुनास्थित निर्वाण मानसिक स्वास्थ्य केन्द्रमै पुगेर बिकलाई अक्षेरूपी दुई लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो।

जनमुक्ति सेनामा समेत सक्रिय रहेका बिक करिब चार वर्षदेखि उक्त केन्द्रमा उपचाररत रहँदै आएका थिए। स्वास्थ्यमा सुधार भएपछि अब घर फर्किने तयारी भइरहेको जनाइएको छ।

सो अवसरमा अध्यक्ष प्रचण्डले विभिन्न कारणले मानसिक रोगको समस्या भोगिरहेका नागरिकलाई उपचार सुविधा प्रदान गर्दै आएको निर्वाण मानसिक स्वास्थ्य केन्द्रप्रति आभार व्यक्त गर्नुभयो। साथै, उक्त संस्थालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300