२१ जेठ २०८३, बिहिबार

पत्रकारको मागलाई सकारात्मक रुपमा लिएको छु: मुख्यमन्त्री

Logo
आजको अपडेट मंगलबार, भाद्र १०, २०८२

विराटनगर।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभामा रहेको आम सञ्चार विधेयकका विषयमा थप छलफल आवश्यक रहेको बताउनुभएको छ। आज नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको ज्ञापनपत्र बुझ्दै उहाँले विधेयकको विषयमा थप छलफल गर्ने बताउनुभएको हो। उहाँले संसद भित्र प्रवेश गरिसकेको विषय सरकारको मात्रै विषय नभएकोले सरोकारवाला दलहरुसँग छलफल गरेर अगाडि बढ्ने बताउनुभयो। मुख्यमन्त्री कार्कीले आफू कोशी प्रदेशमा आएदेखि नै पत्रकारहरूको एउटा दर्बिलो संस्था बनाउने इच्छा रहेको उल्लेख गर्दै कानुन मार्फत नै संस्था बनाएर काम गर्ने सोचअनुरूप यो विधेयक ल्याएको जानकारी दिनुभयो। पत्रकारसँग जोडिएका सङ्घसंस्थाको चासो र सरोकार गम्भीरतापूर्वक आएकाले अब यसलाई थप छलफल गरेरै अगाडि बढाउने बताउनुभयो। उहाँले आफू आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा हुँदा बनेको संस्था बीचैमा खारेज हुँदा सरकारवाला हरू मौन रहेकाले त्यसलाई परिपूर्ति गर्न कानुन मार्फत नै प्रयत्न गरेको स्मरण गर्दै अहिले प्रदेश सभामा भएको विधेयकमा देखिएका विषयलाई छलफलका माध्यमबाट समाधान गरिने प्रयत्न गर्ने जानकारी दिनुभयो। अब अहिले बनेको विधेयक थप छलफल गर्नुपर्ने अवस्थामा पुगेकोले विधेयक पास हुन समय लाग्ने महासङ्का पदाधिकारी तथा सदस्यलाई जानकारी दिनुभयो। आफू प्रेस स्वतन्त्रता तथा संविधानले प्रत्याभूत गरेका अधिकारका विषयमा प्रतिबद्ध भएको उल्लेख गर्दै उहाँले पत्रकारहरूको मागलाई सकारात्मक रुपमा लिएको बताउनुभयो। सो अवसरमा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्का तथा महासचिव हिमा चेम्जोङ ले पत्रकारहरूका माग र सम्बोधन गर्नुपर्ने विषयका बारेमा संस्थागत धारणा राख्नुभएको थियो।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300