२१ जेठ २०८३, बिहिबार

हरितालिका तीज सम्पन्नसँगै दशैँको चहलपहल सुरु

असोज ६ गते घटस्थापनाबाट बडादशैँ आरम्भ, असोज १३ देखि १८ गतेसम्म सार्वजनिक बिदा
Logo
सन्तोष मेहता बुधबार, भाद्र ११, २०८२

विराटनगर यस वर्षका चाडपर्व सुरु भइसकेका छन् । हरितालिका तीज सम्पन्न भएसँगै अब बजारमा दशैँको चहलपहल सुरु भएको छ ।

यसपालि बडादशैँ असोज ६ गते घटस्थापनाबाट सुरु हुनेछ । सोह्रश्राद्ध भदौ २३ गतेदेखि सुरु हुने छ। हिन्दु परम्परा अनुसार पितृ पक्ष सकिएपछि दशैँ सुरु भएको मानिन्छ ।

दशैँको फूलपाती असोज १३ गते, महाअष्टमी असोज १४ गते, महानवमी असोज १५ गते र विजया दशमी असोज १६ गते परेको छ । कतिपय ठाउँमा दशैँ असोज २० गते जोगाग्रत पूर्णिमासम्म मनाइने चलन छ । सरकारी बिदा भने फूलपातीदेखि द्वादशी अर्थात् असोज १३ गतेदेखि १८ गतेसम्म रहनेछ ।

दशैँ नजिकिँदै जाँदा सहरबजारमा किनमेलको चहलपहल बढ्न थालेको छ । यससँगै गाउँ फर्किने यात्रुको संख्या पनि बढ्ने अनुमान गरिएको छ । पढाइ र रोजगारीका लागि सहर पसेकाहरू दशैँमा खुशीसहित गाउँ फर्कने तयारीमा छन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300