२१ जेठ २०८३, बिहिबार

तराईका किसानको अनुहार मन नपर्ने भएपछि पेल्न खोज्छन् : उपेन्द्र यादव

Logo
आजको अपडेट बिहिबार, भाद्र १२, २०८२

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अवलोकन गर्न गएर हेलिकप्टरको तेलमात्र खर्च गर्ने हो कि समस्या हल पनि गर्ने हो भन्दै प्रश्न गरेका छन्।
बिहीबार उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघर पुगेका अध्यक्ष यादवले किसानको समस्या समाधानको नाममा धेरै अनुदान र सहयोग पनि आएको बताउँदै त्यसलाई उपयोग गरेर समस्या हल गर्न सुझाए।
त्यस्तै उनले राणाकालदेखि नै अहिलेसम्म पनि तराईका किसानहरुलाई पेल्ने गरिएको गुनासो गरे।
उनले भने,‘राणाकालदेखि नै चलिआएको हो, तराईको किसानको अनुहार मन नपर्ने भएपछि पेल्न खोज्छन्। राणाशासनदेखि नै यही चल्दै आएको छ। कहिले हुन्छ किसानको समस्या समाधान यसको जवाफ प्रधानमन्त्रीले दिनुपर्छ। हेलिकप्टरको तेलमात्र खर्च गर्ने हो कि, समस्या पनि हल गर्ने हो ? समस्या समाधानको नाममा धेरै अनुदान र सहयोहरु पनि आएको छ। तीनैलाई उपयोग गरे अहिलेको समस्या हल भइहाल्छ नि। त्यो राज्यले गर्नुपर्‍यो।’

त्यस्तै उनले अहिलेको सरकार गैरजिम्मेवार भएको आरोप लगाए। किसानहरु सडकमा उत्रिदा त्यसको न्यायोचित समाधान खोज्नु सरकारको दायित्व भएको उनको भनाइ छ।
‘सरकार गैरजिम्मेवार छ। जिम्मेवार सरकारले किसानहरु, जनता सडकमा उत्रिँदा आफ्ना आवाज राख्दा तुरुन्त ध्यान दिनुपर्छ। र, त्यसको न्यायोचित समाधान खोज्नुपर्ने काम सरकारको हो र सरकारको दायित्व पनि हो,’ उनले भने।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300