विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य इतिहासकै उच्च स्तरमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ६ सय रुपैयाँ पुगेको हो ।
हिजो मात्र सुनको मूल्य एक लाख ९९ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । आज एकैदिन एक हजार दुई सय रुपैयाँले वृद्धि भई नयाँ रेकर्ड कायम भएको महासङ्घले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ । चाँदी पाँच रुपैयाँले बढेर प्रतितोला तीन सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो यसको मूल्य दुई हजार तीन सय ५५ रुपैयाँ थियो ।
