तस्वीर : राेयटर्स
फगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ८ सयभन्दा बढी पुगेको छ भने कम्तीमा २ हजार ८ सयभन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भूकम्प स्थानीय समयअनुसार आइतवार मध्यराततिर आएको हो । पाकिस्तानको जलालाबाद शहरबाट करिब २७ किलोमिटर टाढा केन्द्रविन्दु भएर गएको भूकम्पको तीव्रता रिक्टर स्केलमा ६ मापन गरिएको थियो । त्यसपश्चात् परकम्पहरू समेत आइरहेका कारण त्रास अझै कायमै छ ।
विशेष गरी कुनार प्रान्तमा क्षति बढी भएको अनुमान गरिएको छ, जहाँ करिब ९० प्रतिशत भूभाग पहाडी छ । पहिरो र सडक अवरोधका कारण उद्धार कार्य प्रभावित भएपछि तालिबान सरकारले हेलिकप्टरमार्फत उद्धार र राहत सामग्री पुर्याउने कार्य थालेको बताइएको छ ।
यो हालसम्म अफगानिस्तानमा गएको सबैभन्दा ठूलो भूकम्पमध्ये एक मानिएको छ । यसअघि सन् २०२२ मा गएको अर्को भूकम्पमा करिब एक हजार जनाको ज्यान गएको थियो र त्यतिबेला पनि दुर्गम क्षेत्रमा उद्धार गर्न ठूलो कठिनाइ भएको थियो ।
