२१ जेठ २०८३, बिहिबार

देशभर सुरक्षा निकाय सक्रिय, लुटपाटमा संलग्न ४ पक्राउ, कैदी नियन्त्रणमा

Logo
आजको अपडेट बुधबार, भाद्र २५, २०८२

विराटनगर । देशभर नेपाली सेना लगायतका सुरक्षा निकाय परिचालन भएपछि आज विहानदेखि दिउँसोसम्मका सुरक्षा गतिविधिमा उल्लेखनीय उपलब्धि हासिल भएको छ।

महाराजगञ्जस्थित भाटभटेनी सुपरमार्केटमा भएको लुटपाटमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। सोही क्रममा डिल्लीबजार–नारायणथान क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न समूहले सुरक्षा फौजलाई देखेपछि भाग्दै छोडेका नेपाली रुपैयाँ २ लाख ३२ हजार ५ सय र अमेरिकी डलर २५०० बरामद गरिएको प्रहरीले जनाएको छ।

यस्तै, सुरक्षाकर्मीहरुले हालसम्म लुटिएका हतियारमध्ये थप १ नालसहित जम्मा ३२ नाल हतियार फिर्ता पारेका छन्।

डडेलधुरास्थित जिल्ला कारागारबाट निस्केर भागेका कैदीमध्ये २६ जनालाई नियन्त्रणमा लिन सफल भएको छ भने काठमाडौं डिल्लीबजारस्थित सदर कारागारबाट भाग्ने प्रयासलाई सुरक्षाकर्मीहरुले असफल बनाएका छन्।

सुरक्षा निकायका अनुसार परिचालन अभियान अझै निरन्तर जारी रहेको र बाँकी फरारलाई समेत शीघ्र नियन्त्रणमा लिने कार्य अघि बढाइएको छ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300