विराटनगर । अविरल वर्षापछि आएको बाढीले बर्जु गाउँपालिकाका विभिन्न बस्तीहरू प्रभावित बनेका छन् । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र सबै वडा अध्यक्षहरूको सक्रियतामा बाढीपीडित घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने र राहत वितरणको काम तीव्र गतिमा भइरहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले प्रभावित परिवारहरूका लागि नजिकका विद्यालय र सामुदायिक भवनमा अस्थायी आवासको व्यवस्था गरेको छ । साथै त्रिपाल, खाद्यान्न, खानेपानी र अन्य अत्यावश्यक सामग्री वितरण कार्य पनि सुरु गरिएको छ ।
