विराटनगर । गृह मन्त्रालयले नागरिकका माग र चासोहरू वार्ता तथा छलफलमार्फत समाधान गर्न आग्रह गरेको छ । बुधबार जारी विज्ञप्तिमा मन्त्रालयले धर्ना, जुलुसजस्ता विरोधका कार्यक्रम अघि संवादबाट समाधान खोज्न अनुरोध गरेको हो ।
मन्त्रालयका अनुसार सरकार सधैं समस्याको शान्तिपूर्ण र सकारात्मक समाधानका पक्षमा छ । साथै, कुनै पनि आन्दोलन वा कार्यक्रम सञ्चालन गर्दा सभ्य, मर्यादित र शान्तिपूर्ण ढंगले गर्न अपिल गरिएको छ ।
मन्त्रालयले आगामी फागुन २१ गतेका लागि तोकिएको चुनावको वातावरण तयार पार्न सरकार सक्रिय रूपमा काम गरिरहेको पनि जनाएको छ ।
