काठमाडौं । नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डुले वर्तमान अन्तरिम सरकार एमाले अध्यक्ष केपी शर्मा ओलीकै सिफारिसमा बनेको बताएका हुन्।
शुक्रबार प्रेस सेन्टरले काठमाडौंमा गरेको सम्पादकहरूसँगको संवादमा संयोजक प्रचण्डले अहिलेको अन्तरिम सरकार ओलीकै सिफारिसमा बनेको दाबी गरेका हुन्।
“यो सरकार केपी कै सिफारिसमा बनेको हो। हामी त साक्षी मात्रै हौं,” उनले भने।
त्यसकारण ओलीले अहिलेको सरकारलाई हाहुको सरकार भन्न नहुने प्रचण्डले बताए।
