२१ जेठ २०८३, बिहिबार

देवानगञ्जमा भव्य कलश यात्रा सम्पन्न, हजारौं भक्तजनको सहभागिता

Logo
डुमरलाल मेहता शनिबार, आश्विन २५, २०८२

विराटनगर । लक्ष्मी पूजा तथा शुभ दीपावलीको पावन अवसरमा सुनसरीको देवानगञ्ज गाउँपालिका–२ स्थित श्री श्री १०८ श्री काली मन्दिर परिसरमा शनिबार भव्य कलश यात्रा सम्पन्न गरिएको छ।

श्री काली पूजा व्यवस्थापन समितिको आयोजनामा सम्पन्न सो कलश यात्रामा धार्मिक श्रद्धा, उल्लास र उत्साहपूर्ण वातावरण रहेको थियो। एक हजारभन्दा बढी बाल कुमारी तथा महिलाहरूले कलश यात्रामा सहभागिता जनाएका थिए।

काली मन्दिरबाट प्रारम्भ भएको कलश यात्रा करिब ३ किलोमिटर दूरी पैदल यात्रा गरी बुढी खोलासम्म पुगेको थियो। त्यहाँ पवित्र जल भरेर पुनः मन्दिरमा फर्की भक्तजनहरूले कलश अर्पण गरेका थिए।

कार्यक्रमको उद्घाटन देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहताले गर्नुभएको थियो। सो अवसरमा वडा नं. २ का अध्यक्ष जग नारायण मेहता, वडा नं. ६ का अध्यक्ष हरिनन्दन मेहता, नेपाली काँग्रेसका नेता श्यामलाल मेहता र इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख कमल विष्टलगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

सांस्कृतिक झाँकी, भजन–कीर्तन, बाजागाजासहितको कलश यात्रा निकै आकर्षक बनेको थियो। भक्तजन, साधु–सन्त र स्थानीय बासिन्दाको उत्साहजनक सहभागितासहित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको समितिका अध्यक्ष मनोज भगतले जानकारी दिनुभयो।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300