२१ जेठ २०८३, बिहिबार

अध्यक्ष ओली बालकोटमा जलाइएको घरको अवलोकन गर्नुहुँदै (तस्बिरसहित)

Logo
आजको अपडेट बुधबार, कार्तिक ०६, २०८२

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली दम्पतीले जेनजी आन्दोलनमा आगजनी गरिएको बालकोटस्थित आफ्नो घरको अवलोकन गर्नुभएको छ । अध्यक्ष ओलीसँगै राधिका शाक्य, पोलिटब्युरो सदस्य महेश बस्नेतसहित नेता कार्यकर्ताहरूको सहभागिता थियो ।

अवलोकनको क्रममा अध्यक्ष ओलीले राष्ट्रको नाममा गरिसकिएको घर जलाएर राष्ट्रको सम्पत्ति खरानी भएको बताउनुभएको थियो । उहाँले घरको सबै संरचनालाई स्थलगत अवलोकन गर्नुभएको युवा नेता बस्नेतले जानकारी गराउनुभयो । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा एक समूहले अध्यक्ष ओलीको घरमा आगजनी गरेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300