२१ जेठ २०८३, बिहिबार

देवानगञ्जमा मोटरसाइकलको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु

Logo
डुमरलाल मेहता मंगलबार, कार्तिक १२, २०८२

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा मोटरसाइकलको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थानका जलाल साफीका छोरा अरमान साफी रहेका छन्।

इलाका प्रहरी कार्यालय देवानगञ्जका अनुसार उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको

कालो रङको सुपर गाडी नं. को ३५ प ३०७७ मोटरसाइकलले बाटो काट्दै गरेका बालकलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए। घाइते बालकलाई तत्काल उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटना देवानगञ्ज–२ स्थित सहायक कालोपत्रे सडकमा भएको हो।

प्रहरीका अनुसार घटना सम्बन्धमा मोटरसाइकल र चालक दुबैलाई नियन्त्रणमा लिइएको छ र थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300