२१ जेठ २०८३, बिहिबार

सुनको सिक्री लुटपाटमा संलग्न पाँचजना पक्राउ

Logo
आजको अपडेट बिहिबार, कार्तिक १४, २०८२

काठमाडौँ। उपत्यकाका विभिन्न स्थानमा सुनका सिक्री चोरी र लुटपाटमा संलग्न पाँचजना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरी काठमाडौँ जिल्ला अदालतबाट चोरीसम्बन्धी कसूरमा आठ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

पक्राउ पर्नेहरूमा सिन्धुलीका राज लामा, उदयपुरका विशाल भन्ने दुर्ग बहादुर मगर, रामेछापका दिल बहादुर बि।क, बागलुङका गोबिन्द सुनार र कैलालीका दिपेस रसाइली रहेका छन्।

राज लामा र दुर्ग बहादुर मगर मोटरसाइकलमा सवार भई सिक्री तान्ने कार्यमा संलग्न थिए भने बाँकी तीनजना लुटिएको सिक्री बिक्री र खरिदमा संलग्न रहेका प्रहरीले जनाएको छ।

उनीहरूले ललितपुर र काठमाडौँका विभिन्न स्थानबाट मिति २०८२ असोज ८ गतेदेखि कार्तिक १ गतेसम्म करीब सात पटक सिक्री लुटपाट गरेका थिए। ती घटनामा विभिन्न तोलाको सुनका सिक्री र मोबाइल फोन लुटिएको खुलासा भएको छ।

अनुसन्धानका क्रममा प्रहरीले राज लामा र दुर्ग बहादुर मगरको कोठाबाट मोबाइल, सिमकार्ड, मोटरसाइकल, सुन किनबेचका बिल, र लुटपाटमा प्रयोग भएका कपडा बरामद गरेको जनाएको छ।

त्यस्तै, दिल बहादुर बि।क। संचालित श्री लक्ष्मी ज्वेलर्स बाट रु। ३ लाख ८८ हजार ५ सय नगद, दिपेस रसाइलीको कोठाबाट ६४ लाल तौलको सुनका ढिक्का र गोबिन्द सुनारको बागलुङ कालिका ज्वेलर्सबाट जम्मा ७ तोला ४८ लाल बराबरको सुन र रु। १ लाख ६६ हजार नगद बरामद गरिएको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ।

प्रहरीले उनीहरूविरुद्ध चोरी, लुटपाट र गैरकानुनी रुपमा सुन किनबेचको अभियोगमा अनुसन्धान जारी रहेको बताएको छ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300