विराटनगर । विश्व स्ट्रोक दिवस २०२५ को अवसरमा विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलले स्ट्रोक सम्बन्धी जनचेतना अभिवृद्धि, रोकथाम र उपचार सुलभ बनाउन विभिन्न विशेष सेवा तथा छुटका योजना सार्वजनिक गरेको छ।
सन् २००० मा वरिष्ठ न्युरोलोजिस्ट डा. वीरेन्द्र कुमार बिष्टले स्थापना गरेको हस्पिटलले हालसम्म कोशी र मधेश प्रदेशका साथै भारतका विभिन्न स्थानबाट आएका १५ हजारभन्दा बढी स्ट्रोक बिरामीहरूको सफल उपचार गरिसकेको जनाएको छ।
अस्पतालले स्ट्रोक स्क्रिनिङ प्याकेजमा १०% छुट, ४० वर्षभन्दा माथिका वा स्ट्रोक प्रभावित परिवारका सदस्यका लागि थप २५% छुट, फिजियोथेरापीमा २०–३०% छुट, र न्युरो–कार्डियो कम्बो प्याकेजमा परिवारका दोस्रो सदस्यलाई ५०% छुटको व्यवस्था गरेको छ।
साथै, स्ट्रोक दिवसको साता भरि हस्पिटलले रक्तचाप र सुगर परीक्षण निःशुल्क, स्ट्रोक बिरामीका लागि निःशुल्क परामर्श सेवा र विराटनगरभित्र आकस्मिक बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने अस्पतालले जनाएको छ।
अस्पतालले सबैलाई स्ट्रोकबारे सचेत रहन, नियमित स्वास्थ्य परीक्षण गर्न र यी विशेष सेवाको लाभ लिन आग्रह गरेको छ।
