२१ जेठ २०८३, बिहिबार

अदालतमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने आमाछोरी पक्राउ

Logo
आजको अपडेट आइतबार, कार्तिक १७, २०८२

विराटनगर । जिल्ला अदालत मोरङमा जागिर लगाइदिने भन्दै सर्वसाधारणबाट लाखौँ रुपैयाँ ठगी गर्ने एक संगठित गिरोहका दुई सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा आमा–छोरी रहेका छन् भने ठगीका मुख्य योजनाकार मानिएका श्रीमान् हालसम्म फरार रहेका छन्।

मोरङ प्रहरीले विशेष सूचनाको आधारमा सञ्चालन गरेको अपरेसनका क्रममा सिराहाको लहान स्थायी घर भई हाल विराटनगर–५ मा डेरा गरी बस्ने ५० वर्षीया पुनम देवी साह र उनकी २७ वर्षीया छोरी कोमल कुमारी साहलाई शुक्रबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरूले जिल्ला अदालत मोरङमा जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिहरूबाट ठूलो रकम असुली गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ठगीमा संलग्न पुनम देवीका श्रीमान् ठगीका मुख्य योजनाकार मानिएका छन्, जो हाल फरार छन् ।

पक्राउ परेका आमा–छोरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मोरङ प्रहरीले फरार रहेका श्रीमान्लाई पनि खोजी तीव्र पारेको जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300