२१ जेठ २०८३, बिहिबार

लागू औषध गाँजा ओसार पोसारमा संलग्न एम्बुलेस र चालक सहित २ जना पक्राउ

Logo
आजको अपडेट बिहिबार, कार्तिक २१, २०८२

विराटनगर । मोरङको जहदा गाउँपालिका-३ बाट लागू औषध गाँजा ओसार पोसारमा संलग्न एम्बुलेस र चालक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कार्तिक १९ गते राती बिशेष सुचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको प्रहरी टोलीले जहदा गाउँपालिका-३ स्थितमा स. १ च ६५६ नम्बरको एम्बुलेन्सलाई चेकजाँच गर्दा उक्त एम्बुलेन्स भित्र कालो रंगको झोलामा लुकाई छिपाई राखेको अवस्थामा ३३ किलो ६१० ग्राम लागू औषध गाँजा बरामद गरेको हो ।

गाँजा बरामद भए सगै ओसार पोसारमा संलग्न एम्बुलेन्स चालक विराटनगर-५ का ३२ बर्षीय दुर्गा प्रसाद राजवंशी र एम्बुलेन्स संगै रहेका को. ३१ प ८८८९ नम्बरको मोटरसाईकल चालक जहदा गाउँपालिका- ३ का ३२ बर्षीय दिलिप कुमार राजवंशी समेतलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300