२१ जेठ २०८३, बिहिबार

प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया आजदेखि

Logo
आजको अपडेट मंगलबार, साउन २९, २०८१
प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया आजदेखि

विराटनगर । केपी ओली नेतृत्वको सरकारले सिफारिस गरेका १८ देशका राजदूतको आजदेखि संसदीय सुनुवाइ प्रक्रिया सुरु हुँदैछ ।

सो प्रक्रियाका प्रारम्भका लागि संसदीय सुनुवाइ समितिको बैठक दिउँसो सवा १२ बजे संघीय संसद भवन नयाँबानेश्वरको शंकर हलमा बस्नेछ ।

परराष्ट्र मन्त्रालयले आइतबार प्रस्तावित राजदूतहरूको नाम सुनुवाइका लागि संसद सचिवालयमा पठाएको छ । सरकारले यही साउन १४ गते १८ देशमा राजदूत सिफारिस गरेको थियो।

जसमा शंकर प्रसाद शर्मा– भारत, नरेशविक्रम ढकाल– साउदी अरब, प्रा। डा। कपिलमान श्रेष्ठ– दक्षिण अफ्रिका, प्राध्यापक धनप्रसाद पण्डित– इजरायल, रामकृष्ण भट्टराई– श्रीलङ्का, सनिल नेपाल– स्पेन, शैल रूपाखेती– जर्मनी, लोकदर्शन रेग्मी– संयुक्त राज्य अमेरिका, चन्द्रकुमार घिमिरे– बेलायत, डा। शिवमाया तुम्बाहाङ्फे– दक्षिण कोरिया, जङ्गबहादुर चौहान– रुस, रमेशचन्द्र पौडेल– कतार, प्राडा कृष्णप्रसाद ओली– चीन, सुम्निमा तुलाधर– डेनमार्क, डा। नेत्रप्रसाद तिमल्सिना– मलेसिया, प्रकाशमणि पौडेल– पोर्चुगल, रीता धिताल– पाकिस्तान र कान्ता रिजाल– अष्ट्रेलिया छन् ।

तर रिजालको नाम भने परराष्ट्रले संसदीय सुनुवाइका लागि पठाएको सूचीमा रहेको छैन ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300