२१ जेठ २०८३, बिहिबार

झुम्का कारागारमा एक कैदीको मृत्यु

Logo
आजको अपडेट सोमबार, कार्तिक २५, २०८२

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर–५ स्थित झुम्का कारागारमा एक कैदीको मृत्यु भएको छ । झुम्का कारागार प्रशासनका अनुसार २०८२ कात्तिक २३ गते बिहान करिब ५ः३० बजे कारागारको ‘बी’ बन्दीगृहमा बन्दी ५३ वर्षीय सुधना सरदार अचेत अवस्थामा फेला परेको र उपचारको क्रममा मृत्यु भएको हो । सरदार जिल्ला अदालतको २०८० असोज २ गतेको आदेशमा जिउ मास्ने बेच्ने मुद्दामा सजाय काटिरहनुभएको थियो ।

अचेत भएपछि तुरुन्तै झुम्का कारागारका सुरक्षा गार्ड प्रहरी हवलदार सन्तोष श्रेष्ठसहितको टोलीले उहालाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगिएको थियो । तर अस्पताल पुगेपछि बिहान ६ः१५ बजे उपचारको क्रममा उहाँको मृत्यु भएको अस्पताललाई उदृत गर्दै जलेर सुभाष लामिछानेले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300