२१ जेठ २०८३, बिहिबार

विषाक्त माछा खाँदा बारामा एकै परिवारका तीन जना बालबालिकाको ज्यान गयो

Logo
सन्तोष मेहता मंगलबार, साउन २९, २०८१
विषाक्त माछा खाँदा बारामा एकै परिवारका तीन जना बालबालिकाको ज्यान गयो

विराटनगर । बाराको सिम्रौनगढ नगरपालिका–७ मा विषाक्त माछा खाएका एकै परिवारका तीन जना बालबालिकाको ज्यान गएको छ । सिम्रौनगढ नगरपालिका–७ झवानी टोलका नरेश रामको परिवारले विषाक्त खाना ९माछा० खाँदा उहाँका दुई छोरी र एक छोराको ज्यान गएको हो ।

शनिवार नरेश रामले भारतबाट माछा बेच्न आएका व्यापारीबाट माछा खरिद गर्नुभएको थियो । राति खाना पकाएर सबै परिवारका सदस्यले खाएपछि केही समयमै नरेश रामका छोरीहरू नौ वर्षीया लालिमा राम र सात वर्षीया पुष्पा राम तथा पाँच वर्षीय छोरा कृष्णन्दन रामको पेट दुख्ने, बान्ता हुने र झाडापखालाको समस्या देखिएको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनीहरूलाई उपचारका लागि स्थानीय सिम्रौनगढकै स्वास्थ्य क्लिनिकमा लगिएको थियो । तर स्वास्थ्य चौकीले स्वास्थ्य अवस्था गम्भीर रहेको भन्दै थप उपचारका लागि प्रादेशिक अस्पताल कलैया पठाएको थियो ।

अस्पताल पुग्नुअघि नै नौ वर्षीया लालिमा रामको बाटोमै ज्यान गएको थियो । बाँकी दुई जना बालबालिकाको अवस्था थप जटिल भएपछि कलैया अस्पतालले उनीहरूलाई वीरगन्ज पठाएको थियो । वीरगन्जको नेसनल मेडिकल कलेजमा उपचारको क्रममा पुष्पा राम र कृष्णदन्दन रामको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

ती बालबालिकाको फुड प्वाइजनको कारण ज्यान गएको उपचारमा संलग्न डाक्टरको प्रारम्भिक अनुमान छ । घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताउनुभएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300