२१ जेठ २०८३, बिहिबार

जम्मू–कश्मीरस्थित नौगाम प्रहरी चौकीमा विस्फोट : ९ जनाको मृत्यु

Logo
आजको अपडेट शनिबार, कार्तिक ३०, २०८२

एजेन्सी । भारतको जम्मू-कश्मीरस्थित श्रीनगरको नौगाम प्रहरी चौकीमा शुक्रबार राति शक्तिशाली विष्फोट हुँदा नौ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्। मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताइएको छ।

घाइते हुनेमा अधिकांश प्रहरी कर्मचारी रहेका छन् र उनीहरूको सैनिक अस्पताल र सौरा अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले एक आतंकवादी समूहबाट बरामद गरिएको विष्फोटकको नमुना जाँच गरिरहेको बेला शुक्रबार राति करिब ११स्२० बजे उक्त विष्फोट भएको हो।

प्रहरीले यस घटनालाई आतंकवादी हमलाको कोणबाट पनि अनुसन्धान गरिरहेको छ। प्रहरी स्रोतका अनुसार, कुनै डेटोनेटर वा फ्यूज प्रयोग नगरी विष्फोटक आफैँ नपड्किने भएकाले यो आतंकवादी हमला हुन सक्ने आशंका बलियो बनेको हो।

जैश-ए-मोहम्मदसँग सम्बन्धित एक आतंकवादी समूह पीएएफएफले आक्रमणको जिम्मेवारी लिएको दाबी गरे पनि त्यसको स्वतन्त्र पुष्टि भइसकेको छैन।

यो विष्फोट त्यही विस्फोटक पदार्थमा भएको हो, जुन दिल्ली विष्फोटको घटनामा संलग्न भएको आरोपमा हरियाणाको फरिदाबादबाट पक्राउ परेका डा। मुजम्मिल गनईको कोठाबाट बरामद गरिएको थियो।

नोभेम्बर १० मा दिल्लीको लाल किल्ला मेट्रो स्टेशन नजिकै भएको कार बम विष्फोटमा पनि यही समूहको संलग्नता रहेको आशंका गरिएको थियो। उक्त घटनामा १३ जनाको मृत्यु भएको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300