२१ जेठ २०८३, बिहिबार

देवानगञ्ज–२ यादव टोलमा आगलागी हुदा करिब ४ लाखको क्षति

Logo
डुमरलाल मेहता शनिबार, कार्तिक ३०, २०८२

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ यादव टोलमा शनिबार साँझ भएको छ । आगलागीबाट करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएको छ। साँझ करिब ६ बजेतिर स्थानीय विद्यानन्द यादव र देवन यादवको घरमा विद्युत् सर्टका कारण आगलागी भएको स्थानीयले बताएका छन्।

घटनापछि तत्काल राति बसोबास र खानाको व्यवस्थाका लागि देवानगञ्ज गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादव, पूर्व वडा अध्यक्ष मजलुम मिया, रेडक्रस देवानगञ्जका अध्यक्ष बिरेन्द्र सुतिहार तथा नेपाली काँग्रेस देवानगञ्जका सभापति जगधर यादवले कम्बल, चामल, भुजा, चिउरा, खाने तेल, बिस्कुट, चाउचाउ, दाल–मसला लगायत राहत सामग्री हस्तान्तरण गरेका छन्।

आगो नेपाल प्रहरीले, देवानगञ्ज गाउँपालिकाको दमकल टोली तथा स्थानीयको सहयोगमा नियन्त्रणमा ल्याइएको हो।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300