२१ जेठ २०८३, बिहिबार

बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्रको ८९ वर्षमै निधन, चलचित्र क्षेत्र शोकमग्न

Logo
आजको अपडेट सोमबार, मंसिर ०९, २०८२

बलिउडका प्रख्यात अभिनेता धर्मेन्द्र देओलको ८९ वर्षको उमेरमा निधन भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले श्रद्धाञ्जली व्यक्त गर्दै धर्मेन्द्रको मृत्युले भारतीय चलचित्र जगतले एक पुरानो युग गुमाएको टिप्पणी गरेका छन्।

स्वास्थ्य समस्याले ग्रस्त रहेका धर्मेन्द्रको मुम्बईस्थित आफ्नै घरमा अन्तिम साँस गएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। दुई हप्ताअघि मात्र उनलाई उपचारपछि अस्पतालबाट घर फर्काइयो।

उनको निधनपछि बलिउडका कलाकार तथा प्रशंसकहरू सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। सन् १९६० मा अभिनय यात्रा सुरु गरेका धर्मेन्द्रले करिब ३०० भन्दा बढी फिल्ममा अभिनय गरेका थिए। ‘शोले’ मा वीरूको भूमिका मार्फत निकै चर्चित भएका उनले ‘धर्म वीर’, ‘प्रतिज्ञा’, ‘फूल और पत्थर’, ‘चुपके चुपके’ लगायतका धेरै सफल चलचित्रमा बहुमुखी प्रतिभा देखाएका थिए।

रोमान्टिक पात्रदेखि एक्शन हिरोसम्म सहजै निभाउन सक्ने कलाकारका रूपमा चर्चित धर्मेन्द्रको अन्तिम संस्कारका लागि देओल परिवार पवन हंस आर्यघाट पुगेको बताइएको छ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300