२१ जेठ २०८३, बिहिबार

एक सय सुरक्षित आवास हस्तान्तरण : विपन्न परिवारमा खुसीयाली

Logo
आजको अपडेट बुधबार, मंसिर ११, २०८२

विराटनगर । शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण तथा समुदाय–केन्द्रित सामाजिक रुपान्तरणका कार्यक्रममार्फत २५ वर्षदेखि सक्रिय ग्रामिण महिला उत्सुकता विकास मञ्च नेपाल (फरवार्ड नेपाल) ले निर्माण गरेको १०० वटा सुरक्षित आवास मंगलवार एक विशेष समारोहका बीच औपचारिक रूपमा हस्तान्तरण गरेको छ।

अन्तर्राष्ट्रिय दातृ संस्था चूजी बुद्धिष्ट फाउण्डेसनको आर्थिक सहयोगमा सुनसरीका दुहवी नगरपालिका, गढी गाउँपालिका, बर्जु गाउँपालिका तथा इनरुवा नगरपालिका क्षेत्रमा रहेका गरिब, विपन्न, दलित तथा मुसहर समुदायका भूमिहिन परिवारहरुको लागि यी घरहरू निर्माण गरिएको हो।

१०० सुरक्षित आवास निर्माण सम्पन्न २०७८ कार्तिक १६ गते शिलान्यास गरिएको सुरक्षित आवास परियोजनाअन्तर्गत निर्माण भएका घरहरूको दुहवी नगरपालिका १ वडा नम्बरमा १४ घर ,गढी गाउँपालिका २ मा ४० घर, बर्जु गाउँपालिका वडा नम्बर १, ३, ५ मा ३० घर ,इनरुवा नगरपालिका वडा नम्बर ७ मा १६ घर कुल १०० भूकम्प–प्रतिरोधी, वातावरणमैत्री आवास निर्माण सम्पन्न भएको मञ्चले जनाएको छ।

भूकम्प प्रतिरोधी नमूना आवास प्रत्येक घरमा २ शयनकक्ष ,१ भान्सा ,१ शौचालय खानेपानीका लागि हातेधारा सहितको तीन कोठे सुरक्षित संरचना निर्माण गरिएको छ।

घर हस्तान्तरणसँगै राहतमा आवास हात परेका परिवारलाई २ ब्लाङ्केट, १ बोरा चामल, ५ लिटर तेल अन्य खाद्यान्न तथा अत्यावश्यक सामग्री समेत वितरण गरिएको थियो, जसले विपन्न परिवारको दैनिकी सहज बनाउन सहयोग पुगेको स्थानीयले बताए।

पूर्वमन्त्री तथा महिला अधिकारवादी नेतृ भगबती चौधरीको पहल र निरन्तर समन्वयमा सुरु गरिएको सुरक्षित आवास अभियान एक वर्षमै सफलतापूर्वक सम्पन्न हुँदै छ।

उनले “गरिब, विपन्न र भूमिहिन दाजुभाइ–दिदीबहिनीलाई सुरक्षित छानो उपलब्ध गराउनु विकास मात्र होइन, मानव–अधिकार र सम्मानसँग जोडिएको अभियान हो। समुदाय, स्थानीय सरकार र दातृ निकायको सहकार्यले आज धेरै परिवारले आफ्नै घर पाउने सपना पूरा गरेका छन्। आगामी दिनमा पनि नागरिकको जीवनस्तर सुधारका लागि निरन्तर काम गर्दै जाने बताउनुभयो ।

गढी गाउँपालिका–२, कोलर्हवा सामुदायिक ग्राममा आयोजित घर हस्तान्तरण कार्यक्रम स्थानीय जनप्रतिनिधि, समुदायका सदस्य, दातृ संस्था तथा परियोजना सरोकारवालाको उपस्थितिमा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रमले विपन्न तथा भूमिहिन परिवारहरूको अनुहारमा आशा, सुरक्षाको भावना र खुसीयालीको नयाँ उज्यालो ल्याएको छ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300