२१ जेठ २०८३, बिहिबार

सुनसरीबाट गाँजासहित युवक पक्राउ

Logo
आजको अपडेट बिहिबार, मंसिर १२, २०८२

विराटनगर । सुनसरीको इनरुवा नगरपालिका–७ चाँदबेला क्षेत्रमा सशस्त्र प्रहरीले ठूलो परिमाणको गाँजासहित बा(१५ च २१७३ नम्बरको स्कोरपियो गाडी बरामद गरेको छ। बिहीबार बिहान सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट साहेबगञ्जबाट खटिएको मोबाइल गस्ती टोलीले शंकास्पद स्कोरपियो रोकेर चेकजाँच गर्दा १५३ किलो गाँजासहित एकजना गाँजा तस्करलाई पक्राउ गरेको छ ।

चाँदबेलाबाट दक्षिण भारतको बिहारतर्फ तर्फ तीव्र गतिमा आउँदै गरेको २७ प ८३३१ नम्बरको पल्सर मोटरसाइकल र अन्य ५–६ वटा मोटरसाइकल स्कटिङ गरिरहेको देखेपछि सशस्त्र प्रहरी निरीक्षक महेशकुमार कार्कीको कमाण्डमा खटिएको १० जनाको टोलीले स्कोरपियो रोकेको थियो। प्रहरीका अनुसार पल्सर मोटरसाइकल चालक स्कोरपियो रोक्ने क्रममा मोटरसाइकल त्यहीँ छोडेर फरार भएका थिए।

स्कोरपियो चेकजाँच गर्दा पछाडिको डालामा राखिएका ६ वटा कालो प्लास्टिकका पोकामा राखेको १५३ किलो गाँजा फेला परेको सशस्त्र प्रहरी बलको ४ नम्बर गण सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाले बताए। सशस्त्रले स्कोरपियो गाडीका चालक इनरुवा–७ चाँदबेला बस्ने अन्दाजी २० वर्षका आदित्य चौधरीलाई पक्राउ गरेको छ। प्रहरीले स्कोरपियो, पल्सर मोटरसाइकल, गाँजा तस्करीमा संलग्न चालक चौधरी र एक थान मोबाइल फोन सहित बरामद सबै सामग्री नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक थापाले बताए।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300