२१ जेठ २०८३, बिहिबार

एनपीएलः काठमाडौँसँग चितवन ५३ रनले पराजित

Logo
आजको अपडेट शुक्रबार, मंसिर १३, २०८२

काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपीएल० मा काठमाडौँ गोर्खाजले चितवन राइनोजलाई ५३ रनले हराएको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा काठमाडौँले चितवनलाई ५३ रनले पराजित गरेको हो । काठमाडौँले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याएको चितवन १७.१ ओभरमा ८९ रन जोडेर अलआउट भयो ।

चितवनका लागि देव खनाले २१ रन, रवि बोपाराले २१ रन र सोहेल तनवीरले १८ रन जोडे ।  यस्तैगरी काठमाडौँका लागि रसिद खानले ३ तथा कप्तान करण केसी, मिलिन्द कुमार र दीपेश कँडेलले दुई-दुई तथा सन्तोष यादवले १ विकेट लिएका थिए ।

चार ओटा खेल खेलेको चितवनले हालसम्म २ वटा खेल जितेर २ खेर हारेको छ । काठमाडौँले भने ३ खेल जितेको छ र २ खेल हारको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300