२१ जेठ २०८३, बिहिबार

अपाङ्गता दिवशको अवसरमा अन्तरनिहित प्रतिभाको खोजी तथा प्रस्फुटन कार्यक्रम हुने

Logo
डुमरलाल मेहता शुक्रबार, मंसिर १३, २०८२

विराटनगर । अपाङ्गता भएका व्यक्तिहरुको प्रतिभा पहिचान कार्यक्रमका लागि ७१ जना सहभागी छनौट भएका छन् । कोशी प्रदेशका १४ जिल्लाबाट कार्यक्रमका लागि आवेदन दिएका २१५ मध्ये आगामी मंसिर १७ गते बीरेन्द्र सभागृहमा अन्तराष्ट्रिय अपाङ्ग दिवसका अवसरमा ७१ जना प्रतियोगीहरुले प्रस्तुती दिने राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशले आज विराटनगरमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

राष्ट्रिय अपाङ्ग महासंघ कोशीले कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेसन नेपाल, स्थानीय सरकारहरु लगायतसँगको सहकार्यमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्र्तगत अपाङ्गता भएका व्यक्तिहरूको पहिलो पटक प्रतिभा खोजि कार्यक्रम शुरु गरेको हो ।

विभिन्न विधाका राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरु गायक राजु लामा, बसन्त सापकोटा , वुलु मुकारुङ, मिन हादुर भाम, बिशाल भण्डारी, निलु थापा, मनुमंजिल, कृष्णविनोद लम्साल, महेन्द्र राई, अमिर बंजन, निलम ढुङ्गाना, सोनु जयन्ति, पृतम आचार्य निर्णायक रहने प्रतिभा पहिचान कार्यक्रम हुने राष्ट्रिय अपाङ्ग महासंघ कोशीका अध्यक्ष नविनचन्द्र ढुङ्गेलले जानकारी दिनुभयो ।

विभिन्न विधामा आवेदन दिएका मध्ये आवेदकले आफ्नो प्रतिभा देखाएर पठाएको छोटो भिडियोका आधारमा छनौट समितिले गायन, नृत्य, अभिनय, साहित्य, बक्तृत्वकला, चित्रकला, हस्तकला, नवप्रवद्र्धन, र कार्यक्रम संचालनमा गरी ७१ जनाले प्रस्तुती देखाउने छन् । उनीहरुको प्रस्तुतीका आधारमा आन्तरिक मूल्यांकन गरि प्रतिभाको व्यवसायीकरणका लागि सहयोग प्रदान गरिने करुणा फाउन्डेसनका बरिष्ठ कार्यक्रम व्यवस्थापक कमल कोइरालाले जानकारी दिनुभयो । अभ्यासबाट जिविकोपार्जन हुने खालका प्रतिभाहरुलाई फाईनलमा सहभागी गराईएको उहाँले बताउनुभयो ।

अपाङ्गता भएका व्यक्तिहरुको प्रतिभा पहिचान कार्यक्रम कोशी प्रदेशमा पहिलो पटक आयोजना गर्न लागिएको राष्ट्रिय अपाङ्ग महासंघ कोशीका अध्यक्ष ढुङ्गेलले जानकारी दिनुभयो । पहिलो कार्यक्रमको प्रभावकारिताका आधारमा आगामी वर्षका लागि कार्यक्रम तय गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300