२१ जेठ २०८३, बिहिबार

जनकपुरमा अनैतिक क्रियाकलाप रोक्न स्थानीयवासीको प्रदर्शन

Logo
आजको अपडेट शनिबार, मंसिर १४, २०८२

जनकपुरधाम । जनकपुरमा अनैतिक क्रियाकलाप रोक्न तथा त्यसका दोषीहरूलाई कानुनी दायरामा ल्याउन माग गर्दै स्थानीयवासीले प्रदर्शन गरेका छन्।

जनकपुरको पिँडाडीचोक क्षेत्रमा अवस्थित केही होटल तथा गेष्टहाउसहरूमा लामो समयदेखि देह व्यापार (यौनजन्य क्रियाकलाप) सञ्चालन भइरहेको आशंका व्यक्त गर्दै स्थानीयहरू सडकमा उत्रिएका हुन्। उनका अनुसार यस्ता गतिविधिले स्थानीय समाजमा गम्भीर नकारात्मक प्रभाव पारेको र बस्तीको पहिचानसम्म प्रभावित बनाएको छ।

समाजलाई यस्ता अवाञ्छित क्रियाकलापबाट सुरक्षित राख्ने उद्देश्यले जनक नगर सोसाइटी पिराडीले देह व्यापार (यौनजन्य क्रियाकलाप) विरुद्ध जनचेतना अभियान शुरू गरेको जनाएको छ।

यसै क्रममा, कमिसनका नाममा अनैतिक कार्यलाई प्रश्रय दिएको आरोपसहित प्रदर्शनकारीहरूले धनुषा प्रहरी प्रशासनप्रति असन्तुष्टि व्यक्त गर्दै नाराबाजी समेत गरेका छन्।

यौनजन्य क्रियाकलापमा संलग्न गराउने होटल तथा गेष्टहाउस सञ्चालकहरूलाई पनि स्थानीयवासीले अविलम्ब त्यस्ता गतिविधि रोक्न चेतावनी दिएका छन्।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300