२१ जेठ २०८३, बिहिबार

दुहबीमा अवकासप्राप्त महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानपूर्वक बिदाइ

Logo
डुमरलाल मेहता शुक्रबार, मंसिर २०, २०८२

विराटनगर । उमेर हदका कारण अनिवार्य अवकास लिएका पाँच जना महिला स्वास्थ्य स्वयंसेविकालाई दुहबी नगरपालिकाका नगर प्रमुख वेद नारायण गच्छेदारले दोसल्ला, प्रशंसापत्र तथा प्रतिव्यक्ति नगद रु २० हजारसहित सम्मानपूर्वक बिदाइ गर्नुभएको छ।

सुनसरीको दुहबी नगरपालिकाले २२ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा आफ्टरडार्क पार्टी प्यालेसमा आयोजना गरेको सम्मान तथा अन्तरक्रिया कार्यक्रममा मेयर गच्छेदार अत्यन्त भावुक हुँदै स्वयंसेविकाहरूको योगदानलाई “परोपकारी आमाहरू” भन्दै सलाम अर्पण गर्नुभएको थियो।

न्यून सेवा–सुविधामा पनि समाज सुधार, मानविय विकास तथा जनस्वास्थ्यका क्षेत्रमा अमूल्य समय समर्पण गर्ने स्वयंसेविकाहरूको भूमिकाको प्रशंसा गर्दै मेयर गच्छेदारले संघीय सरकारलाई स्वयंसेविकाको सुविधा वृद्धि गर्न आग्रह गर्नुभयो। “सरकारले काम त दियो, तर दाम दिएन,” मेयरले भन्नुभयो, “स्थानीय सरकारले सकेको सहयोग गरिरहेको छ, तर यो पर्याप्त छैन। कम्तीमा सरकारी दैनिक ज्याला रु ५९५ बराबर सुविधा सुनिश्चित गरियोस्।”

उपमेयर मेनुका खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरे, स्वास्थ्य शाखा प्रमुख बिन्देश्वर महतो, पिंकी भगतसहित अन्य सहभागीहरूको उपस्थिति रहेको थियो।

“आज मातृ दिवस पनि हो, स्वयंसेविका दिवस पनि। संयोगवश दुई समूहकै आमाहरुलाई एकैदिन सम्मान र नमन गर्ने अवसर पाएकोमा म धन्य छु,” मेयर गच्छेदारले भन्नुभयो।

स्वयंसेविकाको मनोबल उच्च राख्दै निरन्तर सेवा प्रवाहमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै मेयरले नगरपालिकाको तर्फबाट आवश्यक सेवा, सुविधा तथा सहयोग प्रदान गरिने आश्वासन समेत दिनुभयो।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300