२१ जेठ २०८३, बिहिबार

गढीमा हर्ड नेपालद्वारा २७५ बाढी प्रभावित परिवारलाई राहत सामग्री वितरण

Logo
डुमरलाल मेहता शुक्रबार, मंसिर २०, २०८२

विराटनगर । हर्ड नेपालले LDSC (Later Day Saint Charities) को आर्थिक सहयोग तथा सुनसरीका गढी गाउँपालिकाको समन्वयमा बिहीबार गाउँपालिकाका बाढीपीडित २७५ घरधुरीलाई आपतकालीन राहत सामग्री वितरण गरेको छ। “Recovery Support to Flood Affected Families in Gadhi RM” परियोजना अन्तरगत सञ्चालन गरिएको उक्त कार्यक्रममार्फत करिब १ हजार ९ सय जना प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

राहतअन्तर्गत प्रत्येक परिवारलाई २५ केजी चामल, २ केजी दाल, १ लिटर तेल, १ केजी नुन, एक प्याकेट भुजा, १/१ थान ब्ल्याङ्केट, म्याट, तन्ना, झुल, बाल्टिन, २ थान त्रिपाल तथा सरसफाइ सामग्री (Dignity Kit) का रूपमा ४ थान नुहाउने साबुन, ४ थान लुगा धुने साबुन, २ थान टूथपेस्ट र ५ थान टूथब्रस प्रदान गरिएको थियो।

राहत सामग्री वितरण कार्यक्रम LDSC का Country Directors Lori and Richard, हर्ड नेपालका कार्यकारी निर्देशक राकेश कुमार यादव, गढी गाउँपालिकाका अध्यक्ष आश नारायण चौधरी, उपाध्यक्ष अनिता कुमारी शाह, विपद् फोकल पर्सन बैजनाथ चौधरीलगायतको उपस्थितिमा सम्पन्न भएको थियो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष आश नारायण चौधरीले बाढीले पारेको विनाशकारी प्रभावपछि पीडित परिवारहरूको कठिन अवस्थामा यस्ता सहयोग कार्यक्रमहरू अत्यन्तै उपयोगी र राहतदायी भएको उल्लेख गर्दै हर्ड नेपाल र LDSC प्रति हार्दिक आभार व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा समेत सहकार्य र सहयोगका कार्यक्रम निरन्तर रहिरहने आशा व्यक्त गर्नुभएको छ ।

त्यसैगरी, हर्ड नेपालका कार्यकारी निर्देशक राकेश कुमार यादवले संकट–पछिको प्रारम्भिक चरणमै प्रभावित परिवारहरूलाई आवश्यक अत्यावश्यक सामग्री पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको स्पष्ट पार्दै पुनःस्थापना, स्वास्थ्य, सरसफाइ तथा जोखिम न्यूनीकरणका क्षेत्रमा संस्था निरन्तर जुटिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300