२१ जेठ २०८३, बिहिबार

देवानगञ्ज -२ मा आनन्द मन्दिरको जग्गा अवैध रूपमा कब्जा गरिएको जग्गा खाली गराउन माग

Logo
डुमरलाल मेहता बिहिबार, मंसिर २६, २०८२

बिराटनगर । सुनसरीको देवानगञ्ज आनन्द मन्दिर निर्माण संघर्ष समितिले  देवानगञ्ज गाउँपालिका–२ मा मन्दिरको नाममा दर्ता रहेको जग्गामा अवैध रूपमा मदरसा निर्माण गरिएको भन्दै गाउँपालिकामा ज्ञापनपत्र बुझाउँदै तत्काल कारबाही गर्न माग गरेको छ।

समितिका अनुसार देवानगञ्ज–२ मा अवस्थित १०० नम्बर कित्ता, ४ कठ्ठा ५ धुर क्षेत्रफलको जग्गा फिलबुकमा “आनन्द मन्दिर” को नाममा दर्ता रहेको छ। सो स्थानमा परापूर्वकालदेखि नै आनन्द भगवानको पूजा–पाठ, धार्मिक कार्यक्रम तथा मेला लाग्ने परम्परा रहेको जनाएको छ । तर पछिल्लो समय केही व्यक्तिहरूले “ऐलानी” भन्दै साना टहरा खडा गरी मदरसा सञ्चालन गर्न थालेको र त्यसलाई क्रमशः पक्की संरचना बनाउँदै कब्जा गर्ने प्रयास भइरहेकाले समितिले आपत्ति जनाएको छ।
ज्ञापनपत्रमा भनिएको छ, “मन्दिरको नाममा दर्ता रहेको जग्गामा मदरसा निर्माण गरी कब्जा गरिएको छ। त्यही विवादित जग्गामा गाउँपालिकाले मदरसाको भवन निर्माणका लागि बजेट छुट्याएको कुराले हिन्दू समुदायको आस्थामाथि गम्भीर प्रहार भएको छ।”
समितिले धार्मिक स्थलको पहिचान मेटाइ, संस्थागत सम्पत्तिमाथिको अवैध कब्जा, जग्गाधनी तथा धार्मिक स्वतन्त्रताको उल्लंघन सह्य नहुने चेतावनी दिएको छ।

संघर्ष समितिले चार बुँदे माग समेत अघि सारेको छः
१. आनन्द भगवानको नाममा दर्ता रहेको १०० नं. कित्ता, ४ कठ्ठा ५ धुर जग्गामा निर्माण गरिएका मदरसाका टहरासहित सबै संरचना हटाई जग्गा खाली गर्न।

२. मदरसाको भवन निर्माणका लागि गाउँपालिकाबाट छुट्याइएको बजेट तत्काल रोक्का गर्न ।

३. फिलबुकमा मन्दिरको नाममा रहेको जग्गालाई मूल जग्गाधनी नाममा दर्ता गर्न आवश्यक कानुनी प्रक्रिया अघि बढाउन।

४. सो स्थान मन्दिर निर्माणका लागि तोकिएको भएकाले मन्दिर निर्माणका कार्यलाई अघि बढाउन स्थानीय सरकारले पहल गर्न।

अन्यथा समितिले चरणबद्ध रुपमा विभिन्न कार्यक्रमहरू अगाडी बढाउने र अवैध रुपमा गरिएको कब्जा न हटाएमा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन्।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300