२१ जेठ २०८३, बिहिबार

बङ्गलादेशका हिंसात्मक घटनाको विरोधमा विराटनगरमा मोरङ जेनजीको प्रदर्शन

Logo
सन्तोष मेहता शनिबार, पुष ०५, २०८२

बिराटनगर । बङ्गलादेशमा पछिल्लो समय भएका मानवता विरोधी घटनाप्रति दुःख व्यक्त गर्दै मोरङ जेनजीले विराटनगरमा प्लेकार्डसहित प्रदर्शन गरेको छ । बङ्गलादेशको मैमनसिङ जिल्लामा अल्पसंख्यक हिन्दु युवकको नृशंस हत्या तथा त्यसपछिका हिंसात्मक घटनाले आफूहरूलाई स्तब्ध बनाएको उनीहरूको भनाइ छ ।

बंगलादेशको मैमनसिङको भालुका क्षेत्रमा २७ वर्षीय दीपुचन्द्र दासलाई लट्ठीले कुटपिट गरी हत्या गरिएको घटनामा संलग्न सात जनालाई पक्राउ गरिएको छ । बङ्गलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले शनिबार सामाजिक सञ्जाल एक्समार्फत यसबारे जानकारी दिएका हुन् । बीबीसी हिन्दीका अनुसार पक्राउ पर्नेमा मोहम्मद लिमोन सरकार (१९), मोहम्मद तारिक हुसैन (१९), मोहम्मद मानिक मिया (२०), इरशाद अली (३९), निजुम उद्दिन (२०), आलमगीर हुसैन (३८) र मोहम्मद मिराज हुसैन आकान (४६) रहेका छन् ।

प्रहरीका अनुसार युवकलाई कुटपिट गरी हत्या गरेपछि शव रुखमा बाँधेर आगोसमेत लगाइएको थियो । घटनाप्रति आक्रोश फैलिरहेका बेला बङ्गलादेशमा थप हिंसात्मक गतिविधि पनि भएका छन् ।

यसअघि गएको साता ‘इन्कलाब मञ्च’का नेता हादी उस्मानको गोली हानी हत्या गरिएको थियो । बङ्गलादेशको विद्यार्थी आन्दोलनमा प्रमुख भूमिका खेलेका हादीको बिहीबार उपचारका क्रममा मृत्यु भएको हो । उनको हत्या पछि राजधानी ढाकामा ठूलो स्तरको हिंसात्मक प्रदर्शन भएको जनाइएको छ ।

उक्त दिन ढाकास्थित दुई प्रमुख पत्रिका — प्रथम आलोडेली स्टार — का कार्यालयमा तोडफोड तथा आगजनीसमेत गरिएको थियो । हादी उस्मानको हत्या र त्यसपछिका घटनाक्रमसँगै अल्पसंख्यक हिन्दु युवकको हत्या भएको भन्दै बङ्गलादेशको सुरक्षा अवस्था र मानव अधिकारको अवस्थामाथि गम्भीर प्रश्न उठेको छ ।

यस्ता घटनाको विरोधमा विराटनगरमा गरिएको प्रदर्शनमा सहभागीहरूले बङ्गलादेशमा मानवता, धार्मिक सहिष्णुता र अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन माग गरेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300