२१ जेठ २०८३, बिहिबार

राष्ट्रपति, प्रधानमन्त्रीसहित तीन शीर्ष नेताको बैठक

Logo
आजको अपडेट मंगलबार, पुष ०८, २०८२

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल गर्नु भएको छ । छलफलमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेनकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहभागी हुनु हुन्छ ।

राष्ट्रपति कार्यालयमा भएको भेटमा फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

अहिले उहाँहरूबीच आगामी निर्वाचनका साथै समसामयिक विषयमा छलफल जारी रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । जेनजी आन्दोलनपछि पहिलो पटक शीर्ष नेताले राष्ट्रपति र प्रधानमन्त्रीसँग एकसाथ बैठक गर्नुभएको हो ।

 

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300