१० जेठ २०८२, शुक्रबार

प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको विरोधमा भारतभरका डाक्टर आन्दोलनमा

Logo
आजको अपडेट शनिबार, भाद्र ०१, २०८१
भारतभरका डाक्टर आन्दोलनमा

कोलकताको आरजी कर अस्पतालमा एक प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको विरोधमा आज भारतभरका डाक्टरले प्रदर्शन गरेका छन् । विभिन्न शहरमा अस्पताल बन्द भएका कारण बिरामीले समस्या भोगेका छन् । आज भारतमा धेरै अस्पताल नखुलेको र खुलेका अस्पतालमा पनि डाक्टरको सङ्ख्या निकै कम रहेको खबरमा उल्लेख छ ।

भारतीय चिकित्सा संघ आइएमएले कोलकाता घटनाको विरोधमा भोलि सबै अस्पताल बन्द गर्ने निर्णय गरेको छ । भारतको कयौँ सहरमा आज पनि डाक्टरले अत्यावश्यक बाहेकका सेवा बन्द गरेर आन्दोलन गरिरहेका बीबीसी हिन्दीले जनाएको छ ।

भारतीय चिकित्सा संघले भोलि बिहानदेखि २४ घण्टाको लागि देशैभरका अस्पतालमा ओपीडी र शल्यक्रिया सेवा बन्द हुने जनाएको छ । कोलकातामा एक जना प्रशिक्षार्थी महिला डाक्टरको बलात्कार गरेर हत्या भएपछि अहिले देशभर आन्दोलन चर्किएको छ । प्रहरीले अनुसन्धान शुरु गरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300