२१ जेठ २०८३, बिहिबार

उद्यमशिलता जेनजि युवाको लागि रोजगारी र आत्मनिर्भरता हासिल गर्ने प्रवभावकारी माध्यम

Logo
आजको अपडेट बुधबार, पुष ०९, २०८२

आजको आधुनिक युगमा युवाहरुको भुमिका राष्ट्र निर्माणमा अत्यन्त महत्वपुर्ण छ । विशेषगरी आजको परिस्तिथिमा त जेनजि युवा र उद्यमशिलता बीचको सम्बन्ध झन गहिरो र आवश्यक बन्दै गएको देख्छु म ।

एकातिर जेनजि युवा अहिलेको डिजिटल युगमा जन्मिएको युवा हुन जस्ले नयाँ सोँचका साथ डिजिटल युगमा हुर्किएका हुन उस्ले प्रविधि मैत्री र सृजनशिल तथा नव प्रवर्तन सोँचका साथ अगाडी बढीरहेको अवस्था छ भने अर्कोतिर उद्यमशिलता नयाँ विचारलाइ व्यवसायमा रुपान्तर गर्ने प्रकृयाहो जस्मा जोखिम लिन सक्ने र आफ्नै रोजगारी सृजना गर्ने हो । जेनजि युवाहरु छिटो सिक्ने र सृजनात्मक क्षमता भएका कारण उद्यमशिलता जेनजि युवाको लागि रोजगारी र आत्मनिर्भरता हासिल गर्ने प्रभावकारी माध्यम बन्न सक्छ ।

उद्यमशिलता भन्नाले नयाँ विचारलाइ व्यवहारमा उतारी व्यवसाय सृजना गर्नु जोखिम लिनु र अवसर पहिचान गर्नु हो ।परम्परागत रोजगारीको अवसरका कारण आजका युवा पुस्ता केवल जागिर खोज्ने मात्र नभइ रोजगारी सृजना गर्ने दिशामा अग्रसर हुनका लागि पनि उद्यमशिलता विकास आवश्यक देखिन्छ । यस्ले गर्दा जेनजि युवा डिजिटल सीप आत्मविश्वास र नविन सोँचले उद्यमशिलतालाइ अझ बलियो बनाउने देखिन्छ ।जेनजि युवा प्रविधिको प्रयोगमा दक्ष छन इन्टरनेट सामाजिक सन्जाल कृत्रिम बुधिमता एआइ र डिजिटल प्लेटफर्म प्रयोग गरेर उनीहरुले कम पुँजिमा पनि व्यवसाय सुरु गर्न सक्छन । अनलाइन व्यापार डिजिटल मार्केटिङ्ग फ्रिलाइन्सिङ्ग स्टार्टअप र सामाजिक सन्जालहरुमा जेनजि युवाहरुको सक्रिय सहभागिता हाल देखिन्छ जस्ले गर्दा उनीहरुलाइ आत्मनिर्भर मात्र होइन अरुलाइ पनि रोजगारी दिने सक्षम बनाउन उद्यमशिलता विकासले ठुलो मदत गर्छ ।

उद्यमशिलताले जेनजि युवाहरुमा नेतृत्व क्षमता निर्णय गर्ने शक्ति समस्या सामाधान सीप र आर्थिक विकास गर्न मदत गर्छ भने यस्ले बेरोजगारी समस्या सामाधान गर्न गरिबी न्यूनिकरण गर्न र स्थानीय देखि राष्ट्रको अर्थतन्त्रलाइ मजबुत बनाउन सहयोग गर्छ ।युवा उद्यमीहरुबाट सृजना भएका नया व्यवसाय र नवप्रवर्तनले समाज साकारात्मक दिशामा डोर्याउन मदत पुर्याउछ ।जेनजि युवाहरुलाइ जिवन उपयोगी सीपि डिजिटल र प्रविध सीप नेतृत्व र क्षमता अभिबृधि सीप उद्यमशिलता मार्फत प्रदान गर्न सक्ने भएकोले जेनजि युवाको उर्जा सीप र प्रविधिलाइ उद्यमशिलता सँग जोड्न सकेमा दिगो विकास र राष्ट्र निर्माणमा सघाउ पुग्नुका साथै जेनजि युवालाइ आत्मनिर्भर रजिम्मेवार नागरिक रुपमा विकास गर्न उद्यमशिलतामुखि सामाज निमर्माणमा उद्यमशिलताको आवश्क तथा महत्व देखिन्छ ।

त्यसकारण बर्तमान अवस्थामा जेनजि पुस्ता र उद्यमशिलता बिच ठुलो अन्तरसमब्नध छ ।यसलाइ समयमा नै प्रयवग गर्न सके जेनजि युवाको लागि रोजगारी र आत्मनिर्भरता हासिल गर्ने प्रवभावकारी माध्यम उद्यमशिलता बन्न सक्छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300