२१ जेठ २०८३, बिहिबार

अपाङ्गताका लागि पैरवी तथा सिप क्षमता विकास तालिम सम्पन्न

Logo
डुमरलाल मेहता शनिबार, पुष १२, २०८२

विराटनगर । अपाङ्गता भएका व्यक्तिहरूका संस्थाका पदाधिकारीहरूका लागि पैरवी तथा सिपसम्बन्धी क्षमता विकास तालिम शुक्रवार विराटनगरमा सम्पन्न भएको छ।
राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशको आयोजनामा करुणा फाउण्डेशन नेपालको आर्थिक सहयोग तथा कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको समन्वयमा तीन दिने तालिम सञ्चालन गरिएको हो।

विराटनगरस्थित एक होटलमा आयोजना गरिएको तालिममा सुनसरी र धनकुटा जिल्लाका अपाङ्गता सम्बन्धी संस्थामा आवद्ध ३४ जनाको सहभागिता रहेको थियो।
महासंघका कोशी प्रदेश फिल्ड संयोजक संजय घोषका अनुसार सुनसरी र धनकुटा जिल्लाका १७ वटा स्थानीय तहबाट दुई–दुई जना सहभागी गराई तालिम सञ्चालन गरिएको हो।

तालिममा सहभागीहरूलाई प्रभावकारी पैरवी गर्ने तरिका, विषय छनोट, पैरवीपत्र तयार गर्दा ध्यान दिनुपर्ने विषय, समावेशी विकासको अवधारणा तथा पहुँचयुक्त भौतिक संरचनाको मापन विधि लगायतका विषयमा प्रशिक्षण दिइएको महासंघले जनाएको छ।
यसअघि राष्ट्रिय अपाङ्ग महासंघले ताप्लेजुङ, तेह्रथुम, झापा र मोरङ जिल्लाका सहभागीहरूलाई यस्तै किसिमका तालिम प्रदान गरिसकेको जनाएको छ। महासंघले आगामी दिनमा कोशी प्रदेशका १४ वटै जिल्लामा चरणबद्ध रूपमा यस्ता तालिम सञ्चालन गर्ने योजना रहेको जानकारी दिएको छ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300