२१ जेठ २०८३, बिहिबार

मोरङका ७३ पत्रकारको स्वास्थ्य परीक्षण

Logo
आजको अपडेट शनिबार, पुष १२, २०८२

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले शुक्रवार आयोजनाको गरेको स्वास्थ्य शिविरमा ७३ जना पत्रकारहरुले स्वास्थ्य परीक्षण गराएका छन् ।

विराट नर्सिङ होमको प्राविधिक सहयोगमा महासंघले मुटु, आँखा र कान संवन्धी स्वास्थ्य शिविर आयोजना गरेको हो । स्वास्थ्य परीक्षणका क्रममा पत्रकारहरुमा उच्चरक्तचाप, आँखाको समस्या बढी पाईएको चिकित्सकहरुले बताएका छन् । स्वास्थ्य शिविरमा ७ जना विशेषज्ञ चिकित्सकहरु सहित १४ जनाको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य सेवा दिएका थिए ।

स्वास्थ्य समस्या भएका पत्रकारहरुहरुले ओपीडी कार्ड सहित ७ दिन भित्र अस्पतालमा सम्पर्क राख्न भनिएको छ । स्वास्थ्य शिविर उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमालले पत्रकारहरुले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने बताउनुभयो । समस्यापरे पछि मात्रै अस्पताल पुग्ने भन्दा पनि नियमित स्वास्थ्य परीक्षण गर्न उहाँको आग्रह छ । महासंघ केन्द्रीय समितिले पनि पत्रकारको स्वास्थ्य परीक्षण नियमित गर्नेगरिको कार्यक्रमलाई प्राथमिकता दिएको बताउनुभयो ।

विराट नर्सिङ होमका प्रमुख कार्यकारी अधिकृत (सिईयो) निकिता कार्कीले समाचार संकलनमा दिनरात खटिने पत्रकारहरुले स्वास्थ्यलाई प्राथमिकता दिन आग्रह गर्नुभयो । स्वास्थ्य सुरक्षामा ध्यान दिन उहाँको सुझाव छ । पत्रकार महासंघसँग सहकार्य गरि पत्रकारको नियमित स्वास्थ्यमा सहयोग गर्न अस्पताल तयार रहेको उहाँले बताउनुभयो । रक्तचापको परीक्षण दैनिक गर्न समेत उहाँले आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासंघ मोरङका सल्लाहकार पूर्व अध्यक्ष बन्धु पोखरेलले स्वास्थ्य परीक्षणको कार्यक्रम नियमित गर्न सुझाव दिनुभयो । उहाँले आफ्नो कार्यकालदेखि मोरङमा पत्रकारको स्वास्थ्य उपचारमा अस्पतालहरुसँग सहकार्य शुरु भएको बताउनुभयो । स्वास्थ्यसँगै शिक्षामा पनि प्याव्सन÷हिसानसँग सहकार्य गर्न उहाँको सुझाव छ । नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष सुशीला पाठकले पत्रकारको स्वास्थ्यलाई केन्द्रीत गरि स्वास्थ्य शिविरको आयोजना गरिएको बताउनुभयो । महासंघले स्वास्थ्य परीक्षणका साथै स्वास्थ्य संवन्धी अभिमुखीकरणका कार्यक्रमहरु पनि नियमित गर्ने बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300