२१ जेठ २०८३, बिहिबार

२८ बुँदे मागसहित जसपा नेपालको प्रदेशस्तरीय विरोध सभा सुरु, आज विराटनगरमा प्रदर्शन

Logo
सन्तोष मेहता शनिबार, पुष १२, २०८२

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान संशोधन, निर्वाचन क्षेत्र पुनर्निर्धारण तथा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीलगायत २८ बुँदे माग अघि सार्दै प्रदेशस्तरीय विरोध सभा सुरु गर्ने भएको छ । पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार शनिबारदेखि विभिन्न प्रदेशमा विरोध सभा आयोजना गरिँदैछ ।

प्रदेशस्तरीय विरोध सभाको पहिलो कार्यक्रम आज विराटनगरमा हुन लागेको छ। त्यसैगरी पुस १४ गते मधेस प्रदेशको जनकपुर, पुस १५ गते वीरगञ्ज र पुस १७ गते लुम्बिनी प्रदेशको भैरहवामा विरोध सभा आयोजना गर्ने कार्यतालिका रहेको छ ।

विरोध सभालाई पार्टी अध्यक्ष उपेन्द्र यादवसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने जनाइएको छ। बस्नेतका अनुसार यसअघि सातै प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम तथा पार्टीका प्रदेश समिति अधिवेशनहरू सम्पन्न भइसकेका छन् ।

संघर्षका कार्यक्रमअन्तर्गत जसपा नेपालले विभिन्न संसदीय निर्वाचन क्षेत्रका सहर बजारमा विरोध प्रदर्शन, कोण सभा, प्लेकार्ड तथा ब्यानरसहित शान्तिपूर्ण धर्ना र जिल्लास्तरीय विरोध सभा तथा जनसभा गर्दै आएको छ । पार्टीले आफ्ना माग र राष्ट्रिय मुद्दालाई दबाबसहित उठाउने क्रमलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300