२१ जेठ २०८३, बिहिबार

देवानगञ्जमा मैथिली भाषा लोक संरक्षण तथा लोक कला प्रतिभा सम्मान कार्यक्रम सम्पन्न

Logo
डुमरलाल मेहता शनिबार, पुष १९, २०८२

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिकामा मैथिली भाषा, लोक कला संरक्षण तथा जनजागरण अभियानअन्तर्गत लोक कला प्रतिभा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार देवानगञ्ज गाउँपालिकाको सहयोग तथा अप्पन विराटगढ परोपकार समाजको आयोजनामा गाउँपालिकासँगै रहेको दुर्गा मन्दिर परिसरमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा मैथिली भाषा र संस्कृतिको संरक्षणमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गर्नुका साथै विविध सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो। कार्यक्रममा गायक वीरन्द्र झा, सलोनी सोनी, साक्षी मेहता, पूर्णिमा रानी मेहता तथा स्थानीय बालबालिकाहरूले गीत तथा नृत्य प्रस्तुत गरी दर्शकको मन जितेका थिए।

उक्त अवसरमा नेपाल पत्रकार महासंघ मोरङ शाखाका सदस्य तथा आजको अपडेट डटकमका सञ्चालक डुमरलाल मेहता, सञ्चारकर्मीहरू ब्रहमदेव मेहता, राजीव मेहता, जुगेश दास र अजय मण्डललाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहता तथा आयोजक संस्थाका अध्यक्ष बसुधरा झाले मिथिलाको परम्परागत पाग, दोपट्टा र कदरपत्र प्रदान गर्दै सम्मान गरेका थिए। साथै कार्यक्रममा मैथिली चित्रकला तथा विभिन्न सांस्कृतिक सामग्रीको प्रदर्शनीसमेत आयोजना गरिएको थियो।

प्रमुख अतिथि अध्यक्ष बेचन प्रसाद मेहताले मैथिली समाजका जितिया, सामाचकेवा जस्ता सांस्कृतिक पर्व र संस्कार संरक्षणका लागि यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा यस्ता गतिविधिका लागि गाउँपालिकाले बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा देवानगञ्ज गाउँपालिका–२ का वडा अध्यक्ष जगनारायण मेहता, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सचिव अरविन्द मेहता, अमलेश कर्णलगायत वक्ताहरूले मैथिली भाषा, संस्कृति, लोक संरक्षण र जनजागरणका विषयमा आ–आफ्नो धारणा राखेका थिए।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300