२१ जेठ २०८३, बिहिबार

कोशी प्रदेशका १० जना नवनियुक्त मन्त्रीहरूले लिए शपथ

Logo
आजको अपडेट मंगलबार, पुष २२, २०८२

विराटनगर । कोशी प्रदेशका १० जना नयाँ मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । मुख्यमन्त्री हिक्मत कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले मंगलबार मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए ।

प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहका बीच नयाँ मन्त्रीहरुले शपथ लिएका हुन् । जसअनुसार काँग्रेसबाट भौतिक पूर्वाधारमन्त्रीमा प्रदीप कुमार सुनुवार, पर्यटनमन्त्रीमा भीम पराजुली, स्वास्थ्यमन्त्रीमा मानबहादुर लिम्बु, उद्योगमन्त्रीमा इस्राइल मन्सुरी तथा भौतिक पूर्वाधार राज्यमन्त्रीमा शोभा चेम्जोङ रहेका छन् ।

यस्तै एमालेबाट खानेपानी मन्त्रीमा तिलचन पाठक, आन्तरिक मामिला मन्त्रीमा इन्द्रमणि पराजुली, आर्थिक मामिला खमन्त्रीमा विदुर कुमार लिंथेप र सामाजिक विकास मन्त्रीमा रामप्रसाद महतोले शपथ लिएका छन् । आन्तरिक मामिला राज्यमन्त्रीमा उमाकान्त गौतमले शपथ लिए ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300