विराटनगर । सुनसरीको भोक्रहा नरसिंह गाउँपालिका–८ उल्टी फूलचाेक सडक खण्डमा बिहीबार बिहान मालबाहक ट्रक पल्टिँदा पाँच जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दुर्घटनामा ज्यान गुमाउने सबै ट्रकमा सवार कामदार हुन्।
विराटनगरबाट मार्बल बोकेर राजविराजतर्फ जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक बिहीबार बिहान करिब ५:३० बजे अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
