२१ जेठ २०८३, बिहिबार

३० औं संस्करणको जेसीज टेस्टी टेस्टी हाजिरीजवाफ प्रतियोगिता : ६ विद्यालय फाइनलमा प्रवेश

Logo
आजको अपडेट सोमबार, माघ १३, २०८२

विराटनगर । विराटनगर जुनियर जेसीजको आयोजनामा सञ्चालन भइरहेको ३० औं संस्करणको जेसीज टेस्टी टेस्टी हाजिरी–जवाफ प्रतियोगिता अन्तर्गत विभिन्न चरणका खेलहरू सम्पन्न हुँदै छ वटा विद्यालय फाइनल चरणमा प्रवेश गरेका छन्।

विराटनगरको विरेन्द्र सभा गृहमा आयोजना भइरहेको प्रतियोगिताको पहिलो खेलमा बुढानिलकण्ठ स्कुल, मोरङ पब्लिक स्कुल, पाथीभरा स्कुल इटहरी, बिकेभिएम स्कुल, आरम्भ स्कुल तथा जेसी बाल सदन विराटनगरबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा बिकेभिएम स्कुल प्रथम र आरम्भ विद्यालय रामधुनी द्वितीय हुँदै फाइनलमा प्रवेश गरेका छन्।

त्यसैगरी, दोस्रो दिनको पहिलो खेलमा एजेलिया स्कुल, एभरेस्ट बोर्डिङ स्कुल, जनता माध्यमिक विद्यालय, शिक्षादीप स्कुल, मोडर्न एरा स्कुल तथा अरनिको स्कुलबीच भएको प्रतिस्पर्धामा एभरेस्ट बोर्डिङ स्कुल प्रथम र जनता माध्यमिक विद्यालय द्वितीय हुँदै फाइनलमा प्रवेश गरेका छन्।

दोस्रो दिनको दोस्रो खेलमा सहिद स्मृति स्कुल, पूर्वाञ्चल स्कुल, रमाइलो बाल जगत, ग्रेडेड स्कुल, जेम्स स्कुल तथा अर्किड स्कुलबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा सहिद स्मृति स्कुल प्रथम र पूर्वाञ्चल स्कुल द्वितीय हुँदै फाइनल चरणमा पुगेका छन्।
प्रतियोगिताका क्विज मास्टरमा विराटनगर जुनियर जेसीजका संस्थापक अध्यक्ष डाक्टर सन्देश दास श्रेष्ठ तथा विराटनगर जुनियर जेसीजका पूर्व अध्यक्ष सन्दीप दास श्रेष्ठ रहेका छन्।

कार्यक्रमकी अध्यक्ष तथा विराटनगर जुनियर जेसीजकी अध्यक्ष आयुशा खतिवडाले जेसीज टेस्टी टेस्टी हाजिरीजवाफ प्रतियोगिताले विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धि, आत्मविश्वास विकास तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताइन्। उनले यस्ता शैक्षिक प्रतियोगिताको निरन्तरता आवश्यक रहेकोमा समेत जोड दिइन्।

एउटै आयोजक र एउटै मुख्य प्रायोजकको निरन्तरता रहेको यो प्रतियोगिता विराटनगर मात्र नभई कोशी प्रदेशकै ऐतिहासिक शैक्षिक प्रतियोगिताका रूपमा परिचित छ। काबरा ग्रुपको टेस्टी टेस्टी बिस्कुट मुख्य प्रायोजक रहेकाले प्रतियोगिता लामो समयदेखि ूजेसीज टेस्टी टेस्टी हाजिरीजवाफ प्रतियोगिताूको नामबाट आयोजना हुँदै आइरहेको छ।

प्रतियोगिताको फाइनल खेल मङ्गलवार आयोजना हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300