२१ जेठ २०८३, बिहिबार

कोशी गाउँपालिका–७ हरिपुरमा सुनसरीकै पहिलो वडास्तरीय जेन–जी सम्मेलन सम्पन्न

Logo
सन्तोष मेहता शनिबार, माघ १८, २०८२

विराटनगर १७ माघ । सुनसरी जिल्लाकै पहिलो वडास्तरीय जेन–जी सम्मेलन कोशी गाउँपालिका–७ हरिपुरमा सम्पन्न भएको छ । सम्मेलनसँगै जेन–जी संगठनको औपचारिक विस्तारसमेत गरिएको आयोजकले जनाएको छ । समाजमा बढ्दो भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै खबरदारी गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनका प्रमुख अतिथि कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले विभिन्न कार्यक्रमका नाममा हुने भ्रष्टाचारप्रति ध्यानाकर्षण गराउँदै सबै नागरिक इमानदार नभएसम्म भ्रष्टाचार न्यूनीकरण कठिन हुने बताए । उनले कर्मचारीहरूले जनताको काम समयमा नगर्नु तथा कार्यालय समयमै उपस्थित नहुनु पनि भ्रष्टाचारकै रूप भएको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै पत्रकार अनुस मेहताले विकास एक–दुई जनाले मात्र अघि बढाएर सम्भव नहुने भन्दै समाजको समग्र विकासका लागि सबै नागरिक एकजुट हुनुपर्नेमा जोड दिए ।

सम्मेलनबाट गठित जेन–जी युवा समितिमा डम्बर बजगाईं संयोजक, थोमस मेहता उप–संयोजक, सुरज गुप्ता सचिव, संकर मरियैत सह–सचिव र इन्द्रजित सदा कोषाध्यक्ष चयन भएका छन् । स्थानीय युवाहरूको सक्रिय सहभागितामा सम्पन्न सम्मेलनले समाज रूपान्तरण र सुशासनका लागि जेन–जी पुस्ताको भूमिका अझ प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300